अबचाहिँ जनार्दनजीले एमाले को रहेछ भनेर चिन्नुभयो कि : विशाल भट्टराई

अझै चिन्न बाँकी भए छानविन समितिको प्रतिवेदन आएपछि मज्जाले चिन्नुहुनेछ

बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर निजी कम्पनीहरुलाई फाइदा पुग्ने गरी करको दर हेरफेर गरेको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्माले दबाब झेल्न नसकेपछि हिजो राजीनामा दिए ।

प्रतिनिधिसभाको बैठकले शर्मामाथि छानविन गर्न ११ सदस्यीय समिति गठन गरेलगत्तै उनले प्रतिनिधिसभाबाटै विशेष समय लिएर बोल्दै राजीनामा दिएका हुन् ।

अर्थमन्त्रीकाे राजीनामापछि नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अब चाहिँ जनार्दन शर्माले एमाले को रहेछ भनेर चिनेको प्रतिक्रिया दिएका छन् ।

उनले हिजो फेसबुकमा एमालेले उठाएको माग पुरा भएको भन्दै लेखेका छन्, ‘अब चाहिँ जनार्दनजीले एमाले को रहेछ भनेर चिन्नुभयो कि ! अझै चिन्न बाँकी रहेको भए छानविन समितिको प्रतिवेदन आएपछि मज्जाले चिन्नुहुनेछ ।’

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माण गर्दा गत जेठ १४ गते राति अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गराएको शर्मामाथि आरोप छ ।

यसबारे सबभन्दा पहिले अन्नपूर्णपोस्ट दैनिकले विशेष समाचार लेखेको थियो । समाचार प्रकाशित भएपछि संसदमा एमालेले अर्थमन्त्री शर्माको राजीनामा माग गरेको थियो ।

एमालेले जेठ १४ गते रातिको सीसीटीभी फुटेज हेर्नुपर्ने माग पनि उठाएको थियो । तर शर्माले भने उक्त फुटेज देखाउन नमिल्ने र एमालेले माग्दैमा हेर्न नमिल्ने प्रतिक्रिया दिएका थिए ।

पछि उक्त फुटेज समेत डिलिट गरिएको पत्ता लागेकाे थियाे ।

यसबाट अर्थमन्त्रीले ठूलै चलखेल गरेको बुझिएपछि उनको विरोध चौतर्फी भएको थियो । सत्तारुढ दलकै नेताहरुले समेत  विरोध गर्दै राजीनामा दिनुपर्ने बताउन थालेपछि शर्माले राजीनामा दिएका हुन् ।

उनलाई राजीनामा गराउनेबारे हिजै प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल समेत भएको थियो ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img