आज देशभर ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा परीक्षण भएका ५०५५ नमूनामध्ये ६३८ नमूनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको हो ।
मन्त्रालयका अनुसार पीसीआरबाट २२१५ र एन्टिजेन विधिबाट २८४० नमूनाको परीक्षण भएको थियो । जसमध्ये पीसीआरबाट ४०० र एन्टिजेनबाट २३८ जनामा संक्रमण पुष्टि भएको हो ।
आज कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ । हाल कोरोना सक्रिय संक्रमितको संख्या ३७१४ पुगेको मन्त्रालयले जनाएको छ ।
