नेपाली कांग्रेसका नेता प्रदीप गिरि अस्पताल भर्ना भएका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि गिरिलाई आज ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएकाे हाे ।
घाँटीमा समस्या देखिएपछि उनलाई भारतको मुम्बईका अस्पतालमा स्वास्थ्य परीक्षण र उपचार गरिएको थियो ।
उनी हालै नेपाल आएका थिए ।
उनी गत वर्ष साउन अन्तिममा उपचारका लागि भारत गएका थिए । मुम्बईको हिन्दुजा अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।
गिरिको पारिवारिक स्रोतका अनुसार अस्वस्थ भएपछि उनलाई मेडिसिटी अस्पतालमा लगिएको हो । तर उनकाे अवस्था सामान्य रहेकाे बताइएकाे छ ।
