प्रवासी नेपाली एकता मञ्च अमेरिका र द गुरुङ (तमू) सोसाइटी अमेरिकाको संयुक्त संयोजनमा न्यूयोर्क ज्याक्सन हाइटसमा रक्दान कार्यक्रम सम्पन भएको छ ।

गत जुलाई २३ मा सम्पन्न रक्तदानमा कुल ५१ पाउण्ड रगत संकलन भएको थियो ।

कार्यक्रममा प्रवासी नेपाली एकता मञ्चकातर्फबाट अध्यक्ष टेक गुरुङ, वरिष्ठ उपाध्यक्ष यम लामा, महासचिव शंकर पन्तसहितका नेताहरु उपस्थित थिए भने संस्थाका राज्य कमिटी अध्यक्ष सौमेन्द्र रञ्‍जित, सचिव देवकी पन्त, कोषाध्यक्ष उमा तामाङकाे विशेष सक्रियता थियो ।

रक्तदाताहरुलाई आयोजक संस्थाका पदाधिकारीहरुले सम्मानपत्र प्रदान गरेका थिए ।