खोटाङको साकेला गाउँपालिकास्थित मात्तिमविर्ता केन्द्रविन्दु बनाएर आज बिहान ६ म्याग्नीच्युडको भूकम्प गएको छ ।

बिहान ८ बजेर १३ मिनेटमा भूकम्प गएको हो ।

भूकम्पबाट भएको क्षतिबारे खुलेको छैन । भोजपुरको टक्सारमा भने एउटा पुरानो घर आंशिक रुपमा भत्किएको बताइएको छ ।

भूकम्पको महसुस सो आसपासका क्षेत्रका साथै काठमाडौंमा पनि भएको थियो ।