भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा जनता समाजवादी पार्टी नेपालबाट इश्तियाक राईले मन्त्रीकाे जिम्मेवारी सम्हालेपछि हाल मन्त्रालय सम्बद्ध भाैतिक विकासका याेजनाहरु धमाधम अघि बढ्न थालेकाे छ ।

मन्त्री राईकाे सक्रियतामा हाल देशैभर ठूला सडक निर्माणका याेजनाहरु अघि बढाइएकाे हाे ।

जसपा नेपालका केन्द्रीय कार्यकारिणी सदस्य समेत रहेका मन्त्री राईले यसअघि नै कुनै पनि बहानामा वा राजनीतिक शक्तिकाे आडमा सडक निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारहरुलाई कारबाही गर्ने चेतावनी दिएका थिए ।

कतिपय ताेकिएकाे समयमा काम नगर्ने ठेकेदारहरुसँगकाे सम्झाैता रद्द पनि गरिएकाे छ ।

बाँके क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित मन्त्री राईकाे निर्देशनमा हाल नेपालगन्जकाे पुष्पलालचाेकदेखि कम्दीस्थित सिधनियाघाटकाे राप्ती नदीकाे पुलसम्मकाे सडक विस्तार गर्ने याेजनाकाे टेन्डर खुलाइएकाे छ ।

यसैगरी बाँकेकाे जमुनाहादेखि राझासम्मकाे सडकलाई स्तराेन्नती गरी कालाेपत्रे सडक बनाउनका लागि पनि टेन्डर खुलाइएकाे छ ।

मन्त्री राईले जमुनाहादेखि राझासम्मकाे सडक ठाउँठाउँमा भत्किएर निकै जिर्ण बन्दै गएकाेले कालाेपत्रेका लागि काम अघि बढाइएकाे बताए ।

उक्त सडक ९० दिनभित्र सक्ने गरी ४२ कराेड रुपैयाँ ताेकेर टेन्डर खुलाइएकाे हाे । यता महेन्द्र राजमार्गकाे किरननाला-बनकटवा सेक्सनकाे सडकलाई पनि स्तराेन्नती गर्नका लागि टेन्डर गरिएकाे छ ।