दशैँका लागि असोज १ गतेदेखि बसको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ ।

बुधबार यातायात व्यवस्था विभागमा भएको छलफलका क्रममा असोज १ गतेदेखि बुकिङ खोल्ने निर्णय भएको नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।

टिकट बुकिङलाई अनलाइन प्रणालीबाट र उपत्यकाका विभिन्न ठाउँमा बुथ बनाएर टिकट बिक्री गर्ने योजना बनाएको उनले बताए ।

उनले भने, ‘अग्रिम टिकट बुकिङका लागि सेवाग्राहीलाई सहजता होस् भनेर अनलाइन टिकट बुकिङ र उपत्यकाका विभिन्न ठाउँमा बुथ बनाएर टिकट बिक्री गर्ने निर्णय भएको छ । तर, महानगरले बुथ राख्ने ठाउँ अहिले डोजरले भत्काएकाले त्यसलाई चाँडै निर्माण गरेर सञ्चालन गर्ने योजना छ ।’ गाेरखापत्र अनलाइन