इन्द्रजात्रा सांस्कृतिक पर्यटनको प्रमुख आकर्षण: पर्यटनमन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले इन्द्रजात्रा नेपालको सांस्कृतिक पर्यटनको लागि प्रमुख आकर्षण रहेको बताएका छन् ।

काठमाडौंको प्रसिद्ध इन्द्रजात्रा सुरुवातको अवसरमा हिजाे हनुमानढोका पुगेका मन्त्री श्रेष्ठले इन्द्रजात्रासँगै काठमाडाैंका अनगन्ती मूर्त-अर्मूत संस्कृति र सम्पदाहरूको प्रचार–प्रसारबाट पर्यटकलाई आकर्षण गर्न सकिने बताए ।

मुलुकको सांस्कृतिक धरोहरको रुपमा रहेको इन्द्रजात्राको काठमाडौं उपत्यकामा मनाइने अन्य जात्रा र चाडपर्वमध्ये विशिष्ट स्थान रहेको उनले बताए ।

नेपालका विभिन्न जातजातिका संस्कृति, संस्कार, परम्परा, जीवनशैली पर्यटक लोभ्याउने खालका रहेको भन्दै उनले संस्कृति र सम्पदाहरुलाई पर्यटनसँग जोडेर स्थानीय जनताको जीवनस्तर उकास्ने आफ्नो कार्ययोजना रहेको बताए ।

सांस्कृतिक सम्पदाको प्रवर्द्धनमार्फत पर्यटकलाई आकर्षित गर्ने र नेपालको समृद्धिमा यसलाई उपयोग गर्न सकिने उनकाे भनाइ छ ।

काठमाडौँको हनुमानढोका अगाडि विधिपूर्वक इन्द्रध्वजाको लिगों ठड्याइएपछि इन्द्रजात्रा शुरुवात भएको छ ।

आठ दिनसम्म वर्षा र सहकालका देवता इन्द्र पूजन एवं विभिन्न देवी देवतासँग सम्बन्धित नाचगान साथै कुमारी, भैरव र गणेश रथयात्रा गर्दै यो पर्व मनाउने गरिन्छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्