यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार ‘क्वान्टम मेकानिक्स’बारे अनुसन्धान गर्ने तीन जना वैज्ञानिकलाई दिइने भएकाे छ ।

‘क्वान्टम मेकानिक्स’ सबैभन्दा सानो मात्रामा प्रकृतिको वर्णन गर्ने विज्ञान हो ।

यस वर्षको भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार अलाँ आस्पेय, जोन क्लअसन र एन्टोन साइलिङ्गरले आपसमा बराबरी रूपमा बाँड्नेछन् ।

पुरस्कारको राशि एक करोड स्वीडिश क्रोनर छ ।

गत वर्ष पनि भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकहरूलाई नै दिइएको थियो ।

यस वर्षको पुरस्कार विजेताहरूले जटिल क्वान्टम अवस्थाहरू प्रयोग गरेर नवीन खोजहरू सञ्चालन गरेका थिए ।

उक्त खोजले दुई उप-पारमाणविक कणहरू छुट्टिए पनि तीनले एउटै एकाइको रूपमा व्यवहार गर्छन् भन्ने देखाएको छ ।

त्यो प्रयोगको नतिजाले क्वान्टम जानकारीमा आधारित नयाँ प्रविधिका लागि बाटो खोली दिएको छ । बीबीसी नेपाली