काठमाडौं संसारकै एक नम्बर दूषित शहर

काठमाडौं विश्वकै वायु प्रदूषित शहरको सूचीमा १ नम्बरमा परेको छ। आज काठमाडौंको वायु प्रदूषण ३०९ एक्युआई पुगेको छ। यो अवस्था स्वास्थ्यका लागि अत्यन्तै घातक मानिन्छ ।

त्यसैगरी चितवनको सौरहा र कैलालीको धनगढीमा पनि वायुको गुणस्तर ३०० एक्युआई भन्दामाथि पुगेको छ। काठमाडौंको आकाशलाई आज तुवाँलोले ढाकेको छ।

घाम लाग्न सकेको छैन । काठमाडौं उपत्यकाको पारदर्शिता (भिजिबिलिटी) १५ सय मिटर मात्रै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यसअघि पनि काठमाडौंको बायुमण्डललाई करिब एक सातासम्म तुवाँलोले ढाकेको थियो। तुवाँलो लाग्नुको मुख्य कारण देशका विभिन्न भेगमा लागेको डढेलो रहेको विभागले जनाएको छ ।

वन तथा भू–संरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीका अनुसार विगत २४ घण्टायता देशका ७०० भन्दा बढी स्थानमा डढेलो र आगलागी भएका छन्।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्