तस्बिरः सामाजिक सञ्जाल

खाेटाङकाे बराहपाेखरी गाउँपालिका-५ वंशिलाघाट र उदयपुरकाे चाैदण्डीगढी नगरपालिका-१ छुइला जाेड्ने दुधकाेसी नदीमा माेटर पुल निर्माणकाे शिलान्यास गरिएकाे छ ।

बेल्टार-दिक्तेल सडक खण्डकाे दुधकाेसी नदीमाथि बन्ने उक्त पुलकाे आज परराष्ट्रमन्त्री डा. नारायण खड्काले शिलान्यास गरेका हुन् ।

शिलान्यास कार्यक्रममा खाेटाङबाट निर्वाचित संघीय सांसद रामकुमार राईसहित साे क्षेत्रमा पर्ने दुवै जिल्लाका नवनिर्वाचित प्रदेश सांसदहरु पनि सहभागी थिए ।

उक्त पुल १९ करोड १८ लाख ४१ हजार रुपैयाँमा बन्नेछ । पुल निर्माणकाे ठेक्का एमएस कालिका-वेदान्शी जेभी काठमाडौंले पाएकाे छ ।

१५० मिटर लामाे उक्त पुल निर्माण कार्य २ वर्ष ९ महिनामा सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झाैता भएकाे हाे ।