डोल्पाको टुप्पीताराका मगरहरु काइके भाषा बोल्छन् । तर, त्यो उनीहरुको पुर्ख्यौली भाषा होइन रे । काइके भाषा त्यतैकी बुहारीले सिकाएकी रे ।
काइके भाषा बोल्न नजान्दैदेखि उनीहरुले आफ्नो देवता ‘कोहोलुङ’ को पूजा गर्छन् । काइकेभाषी मगरको एउटा किम्बदन्तीले त्यसै भन्छ ।
उता किरात (राई)हरुको धार्मिक ग्रन्थ मुन्धुमले ‘खुवालुङ’लाई अराध्य मान्छ । जातिको प्रतीक मान्छ ।
कतै खुवालुङ र कोहोलुङ एउटै शब्द त होइन ? एउटै मान्यता पो होला कि ? समय र स्थानमा फरक उच्चारण गर्न थालिएको पो होला कि ?
आधारः दिप्विक्रम आङ्दम्वेको लेखोट । (चन्द्रप्रकाश बानियाँकाे फेसबुकबाट)

