काठमाडाैं । राहदानी विभागले सिस्टममा समस्या आएपछि राहदानी वितरण बन्द गरेकाे छ ।

विभागका प्रवक्ता एवम् निर्देशक द्रुपदा सापकोटाले अर्को सूचना जारी नहुँदासम्मका लागि राहदानी लिन नआउन सेवाग्राहीलाई आग्रह गरेका छन् ।

पुस १७ गतेदेखि विभागको सिस्टममा समस्या आएको निर्देशक सापकोटाद्वारा जारी सूचनामा उल्लेख छ ।

सिस्टम पूर्ण रूपमा सुचारु हुन केही समय लाग्ने भन्दै विभागले अर्को सूचना जारी नहुँदासम्म राहदानी लिन नआउन सेवाग्राहीलाई आग्रह गरेको हो ।

यद्यपि, राहदानी आवेदनका लागि ‘अपोइन्टमेन्ट डेट’ बुक गरेका सेवाग्राहीलाई भने तोकिएकै मितिमा बायोमेट्रिकका लागि उपस्थित हुन सूचनामा आग्रह गरिएको छ ।