पत्रकार दबूको महाधिवेशन यही पुस २३ मा

६ जना पत्रकारहरु पुरस्कृत हुँदै

काठमाडाैं । नेवाः पत्रकारहरुको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबूको चौंथो महाधिवेशन यही पुस २३ गते हुने भएको छ ।

ललितपुरको ज्वागल बैंक्वैटमा हुने महाधिवेशनमा भिक्षु कुमार काश्यप स्मृति पत्रकारिता पुरस्कारलाई अनुशा बज्राचार्य, बाबुराजा ज्यापु फोटो पत्रकारिता पुरस्कार सुरेश ख्वाखः श्रेष्ठलाई, वाङमय शताब्दि पुरुष सत्यमोहन जोशी पुरस्कार सुर्यप्रसाद लाकोजु, ज्ञानज्योति–लक्ष्मीप्रभा लुमन्ति पत्रकारिता पुरस्कार सरस्वती कर्माचार्यलाई, श्रीराम स्मृति न्हूजः पत्रकारिता पुरस्कार सुरेश श्रेष्ठलाई, ज्ञानदेवी–मणीरत्न स्थापित स्मृति पत्रकारिता परस्कार नरेशवीर शाक्यलाई प्रदान गरिने भएको छ ।

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायण काजी श्रेष्ठको प्रमुख आतिथ्यमा हुने महाधिवेशन उद्घाटन समारोहमा निवर्तमान एवं पूर्व पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई पनि सम्मानित गर्ने जानकारी केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यले दिए ।

अध्यक्ष बज्राचार्यका अनुसार मातृभाषा पत्रकारिता विशेषाङ्ग तथा सुकुन्दा तीनमहिने पत्रिका समेत यसै अवसरमा विमोचन हुनेछन् भने नेवाः पत्रकार राष्ट्रिय गान पनि प्रस्तुत हुनेछ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img