पुस २७ गते सार्वजनिक विदा दिएकाेमा जनजाति महासंघकाे आपत्ति

काठमाडाैं । सरकारले पुस २७ गते पृथ्वीजयन्तीकाे अवसरमा सार्वजनिक विदा दिएपछि नेपाल आदिवासी जनजाति महासंघले त्यसमा आपत्ति जनाएको छ ।

साेमबार महासंघका अध्यक्ष गेल्जे शेर्पाले पत्रकार सम्मेलन गरी सरकारकाे सो निर्णयको विरोध गरे ।

उनले भने, ‘गणतन्त्र नेपालमा कुनै राजाको जन्मदिनलाई एकता दिवस मनाउनु भनेको राजा महाराजाको भक्तिगान गाउनु हो, यो प्रक्रिया प्रतिगमनकै पहिलो कदम हो ।’

नेपालका आदिवासी जनजातिहरुले पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताकाे प्रतिक मान्दै मान्दैनन् । पृथ्वीनारायण शाहले विभिन्न जाति समुदाय र उनीहरुकाे संस्कृतिमाथि क्रुरतापूर्ण व्यवहार गरी भूगाेलकाे एकीकरण गरेकाे उनीहरुकाे बुझाइ छ ।

पृथ्वीनारायण शाहले सहमतिको आधारमा नभई गोरखा राज्य विस्तारका लागि फौजी आक्रमणको बलमा आदिवासी जनजाति समुदायको विभिन्न स्वशासित राज्यलाई निर्ममतापूर्वक कब्जामा लिएको महासंघले जनाएकाे छ ।

‘गणतन्त्र नेपालमा कुनै पूर्व राजाको जन्मदिनलाई एकता दिवस मनाउनु राजा महाराजाको भक्तिगान गाउनु हो,’ महासंघले भनेकाे छ, ‘मन्त्री तथा सांसदको शपथ ग्रहणमा दौरासुरुवाल र खस नेपाली भाषालाई राष्ट्रिय पोसाक र राष्ट्र भाषा बनाउने गरी क्रियाकलाप भएका छन् । नेपालको राष्ट्र र राष्ट्रियताको गलत व्याख्या गरी बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक, बहुराष्ट्रियता र बहुजातीयता विपरीत छ ।’

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

1 COMMENT

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्