टुँडिखेलमा तीन दिन साेनाम ल्होछार मनाइने

काठमाडाैं । तामाङ समुदायकाे प्रमुख सांस्कृतिक चाड साेनाम ल्हाेछारकाे अवसरमा काठमाडाैंकाे टुँडिखेलमा तीन दिनसम्म विभिन्न सांस्कृतिक कार्यक्रम गरिने भएकाे छ ।

सोनाम ल्होछार २८५९ ह्योअी तावर ल्होछार मूल आयोजक समितिले बिहीबार काठमाडाैंमा पत्रकार सम्मेलन गरी साे जानकारी दिएकाे हाे ।

साेनाम ल्हाेछार यही माघ ६, ७ र ८ गते विभिन्न कार्यक्रम गरी मनाउन लागिएकाे हाे ।

मूल आयोजक समिति तथा घेदुङका सहअध्यक्ष कुमार घिसिङले २०७६ सालदेखि २०७८ सालसम्म कोभिड १९ का कारण ल्होछारलाई भव्यताका साथ मनाउन नपाएकोले यस वर्ष भव्यताका साथ मनाउन लागिएकाे बताए ।

भव्यताका साथ ल्हाेछार मनाउनका लागि सांस्कृतिक उपसमिति, र्‍याली तथा झाँकी उपसमिति, प्रचारप्रसार उपसमिति, सम्मान तथा पुरुस्कार छनौट समिति, मञ्च सजावट उपसमिति लगायत विभिन्न समिति गठन गरिएकाे उनले बताए ।

विज्ञप्तिः

सोनाम ल्होछार–२८५९ लाई भव्य रुपले सफल पारौ
ग्रेन गे दिम खरिदको आर्थिक अभियानलाई पूरा गरौ
सोनाम ल्होछार–२८५९ ह्योअी–तावार ल्होछार मूल समारोह समिति
चुच्चेपाटी, बौद्ध, काठमाडौं ।

मितिः २०७९ माघ ५ गते
ल्हास्सो फ्याफुल्ला,
सर्वप्रथम २८५९ ह्योअी तावार–बिरालो ल्होको अवसरमा आयोजित पत्रकार सम्मेलनमा हाम्रो निम्तोलाई स्वीकार्नु भइ यहाँ पाल्नु भएका तपाई सम्पूर्ण पत्रकारहरुमा हार्दिक स्वागत फ्याफुल्ला टक्रयाउन चाहन्छौ ।
तामाङ जातिको सामाजिक, सांस्कृतिक एवम् धार्मिक जीवनमा ल्होछार परम्पराको विशिष्ट स्थान र अत्यन्तै महत्वपूर्ण भूमिका रहेको छ । यो गणितमा आधारित ल्हो परम्परा तामाङ संस्कृतिकै अभिन्न अङ्ग हो । यसले तामाङ जातिको उद्गम, सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानलाई समेत प्रतिविम्बित गर्दछ । ल्हो को अर्थ साल, सम्वत्, वर्ष, उमेर र छारको अर्थ नयाँ अर्थात् ल्होछारको अर्थ नयाँ वर्ष हो । ल्हो बाह्रवटा हुन्छन् अर्थात तामाङ भाषामा ल्होखोर च्युङी पनि भनिन्छ । विभिन्न बाह्रवटा पशुपंछीको नामबाट ल्होको नाम राखिएको हुन्छ । बाह्र ल्होमध्ये प्रत्येक वर्ष एकएकवटा ल्हो फेरिन्छ । यही ल्हो फेरिने दिनलाई तामाङ भाषामा ल्हो पोवा, ल्हो दोवा वा ल्होछार भनिन्छ ।
तामाङहरूले मान्ने ल्होछार (नयाँ वर्ष) चन्द्र पात्रोको पहिलो महिनाको पहिलो दिन अर्थात् प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदादेखि शुरु हुन्छ । यो परम्परा कहिले शुरु भएको भन्न नसकिएपनि यसलाई चिनियाँ सभ्यतासँगै आजभन्दा ४७०० वर्ष अगाडि विकास भएको कुरा चिनियाँ ज्योतिषशास्त्रको इतिहासबाट प्रमाणित हुन्छ । ल्होछार पर्व चीन, मंगोलिया, जापान, हङकङ, भियतनाम, लाओस, थाईलाण्ड, ताईवान, मलेशिया, सिंगापुर आदि देशहरूमा पनि चन्द्रमासमा आधारित यही ल्होछार (नयाँवर्ष) मनाउने गर्छन् । नेपालका ह्योल्मो, मनाङ्गे, हुम्ली तामाङ, डोल्पो, तोप्केगोला, सिङ्सा, ताङ्बे, थकाली, जिरेल, खाममगर, दुरा, भोटे, नेस्याङबा र केही शेर्पा आदिले मान्दछन् । यसरी नै विश्वमा छरिएर बसेका तामाङ समुदायले पनि यसै दिन यो पर्व धुमधामसँग मनाउने गर्दछन् ।
सोनाम ल्होछार पर्व माघशुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाउने भएपनि विशेष गरेर तामाङहरूको घरघरमा कम्तिमा ५ दिन भव्य रूपमा मनाउँदै आएका छन् । ल्होछारमा विभिन्न गुम्बा, घर–घरमा पूजा गरी घर लगायत सार्वजनिक स्थानहरूमा दज्र्यू गाड्ने, छो प्रसादहरू वितरण गर्ने, शुभकामना आदानप्रदान गर्ने, मान्यजनबाट आशिर्वाद ग्रहण गर्ने, चेलीबेटी, इष्टमित्र, कुटुम्बको भेटघाट र सामुहिक प्रितिभोज र साँस्कृतिक कार्यक्रम गरेर मनाउँदछन् ।

सोनाम ल्होछार र साँस्कृतिक महोत्सव 

सोनाम ल्होछार पर्व यस वर्ष मञ्जुश्री सम्वत् २८५९ “ह्योयी÷तावार ल्हो” (विरालो वर्ष) हो । तामाङ समुदायको राष्ट्रिय संस्था नेपाल तामाङ घेदुङ लगायत अन्य विभिन्न संघ संस्थाहरुको सहभागितामा २०५१÷५२ सालदेखि नै सोनाम ल्होछार पर्वलाई काठमाडौंको टुँडिखेलमा तीन दिवसीय विशेष तामाङ सांस्कृतिक महोत्सवको आयोजना गरी ल्होछार समारोहलाई सम्पन्न गर्दै आएको छ । यस वर्ष कार्यक्रमको मुख्य दिन (माघ ८ गते) सरकार प्रमुख सम्माननीय प्रधानमन्त्री ज्यूको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन गरिनेछ । तीन दिनसम्म मनाइने महोत्सवमा तामाङ जातिको सांस्कृतिक संस्थाहरू (ताम्वा, बोन्वो तथा लामा) गुरुहरूद्वारा विशेष पूजाआजा, सांस्कृतिक झाँकी प्रदर्शन, परम्परागत गीत, नृत्यहरू (घोडचढी, दोहोरी, डान्स, डम्फू सेलो, माने तथा म्हेन्दोमाया) साथमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चर्चित तथा ख्याती प्राप्त अतिथि कलाकारहरूको प्रस्तुती रहनेछ । यसैगरी तीन दिनसम्म तामाङ समुदायको विशेष खानाको परिकारहरू, तामाङ भेषभूषाहरू, तामाङ जातिसँग सम्बन्धित पुस्तक, गिती क्यासेट तथा अन्य जातीय पहिचान झल्किने परम्परागत वस्तुहरूलाई विभिन्न स्टलहरूमा विक्री तथा प्रदर्शनी गरिनेछ । यसक्रममा तामाङ र गैर तामाङ समेत लाखौ दर्शकहरूले कार्यक्रमको प्रत्यक्ष र विभिन्न टेलिभिजन, रेडियो, अनलाइनको माध्यमबाट ५० लाखभन्दा बढीले अवलोकन गर्नुका साथै भरपूर मनोरञ्जन लिने अपेक्षा गरिएको छ ।
विगत २७, २८ वर्षदेखि लाखौं दर्शक महानुभावहरूको उपस्थितिबीच भव्य र उल्लासमय वातावरणमा मनाउँदै आएको सोनाम ल्होछार पर्वलाई यस वर्ष अझ भव्य र सभ्य ढंगले सम्पन्न गर्ने लक्ष्य लिइएको छ । २०७६ सालदेखि २०७८ सालसम्म कोभिड–१९ बाट सिर्जित लकडाउनका कारण यो पर्वलाई भव्यताका साथ मनाउन नपाएको हुँदा यस वर्ष संसारभरका तामाङ दाजुभाई तथा दिदीबहिनीहरूको विशेष अनुरोधमा विशेष खालको नै तयारी गरिएको छ । यसको लागि सोनाम ल्होछार–२८५९ ह्योअी–तावार ल्होछार मूल समारोह समिति गठन गरिसकेको र मूल समारोहको कार्यक्रमलाई भव्य ढंगाले सफल पार्न साँस्कृतिक उपसमिति, र्याली तथा झाँकी उपसमिति, प्रचार प्रसार उपसमिति, सम्मान तथा पुरुस्कार छनौट समिति, मञ्च सजावट उपसमिति लगायत विभिन्न समितिहरु गठन भइसकेको जानकारी पनि गराउन चाहन्छौ । मुल समारोह समितिको निर्णय अनुसार २०७९ माघ ६, ७ र ८ गतेका दिन काठमाडौको टुँडिखेलमा निम्न तालिका अनुसार भव्य रूपमा सोनाम ल्होछार समारोह सम्पन्न गरिने भएको छ ।

कार्यक्रम तालिका
पहिलो दिन (२०७९ माघ ६ गते शुक्रबार)
क्र.सं. क्रियाकलाप     समय     स्थान     विशेष जिम्मेवारी
१.    राष्ट्रिय चर्चित हास्य तथा गायक कलाकारहरूद्वारा विशेष साँस्कृतिक कार्यक्रम  साँझ ४ः०० बजेदेखि राति ९ः०० बजेसम्म टुँडिखेल, काठमाडौं साँस्कृतिक उपसमिति ।
दोस्रो दिन (२०७९ माघ ७ गते शनिबार)
क्र.सं.  क्रियाकलाप     समय     स्थान     विशेष जिम्मेवारी
१.    विशेष पूजापाठ     विहान ८ः०० बजेदेखि दिउँसो १२ः०० बजेसम्म    टुँडिखेल, काठमाडौं    लामा, ताम्बा र बोन्बो घेदुङ
२.    राष्ट्रिय चर्चित हास्य तथा गायक कलाकारहरूद्वारा विशेष साँस्कृतिक कार्यक्रम    दिउँसो १ः०० बजेदेखि ४ः०० बजेसम्म    टुँडिखेल, काठमाडौं    साँस्कृतिक उपसमिति
२.    मंगोलियन हर्ट लाइभ कन्सर्ट     दिउँसो ४ः०० बजेदेखि ८ः०० बजेसम्म     टुँडिखेल, काठमाडौं    मंगोलियन हर्ट
३.    डिजे तेन्जिङको विशेष प्रस्तुती     राति ८ः००–१०ः०० बजेसम्म        डिजे तेन्जिङ
तेस्रो दिन (२०७९ माघ ८ गते आइतबार)

क्र.सं.    क्रियाकलाप     समय     स्थान     विशेष जिम्मेवारी
१.    विशेष पूजापाठ     विहान ८ः०० बजेदेखि दिउँसो १२ः०० बजेसम्म    टुँडिखेल, काठमाडौं    लामा, ताम्बा र बोन्बो घेदुङ
२.    सम्माननीय प्रधानमन्त्रीज्यूबाट कार्यक्रम समुद्घाटन तथा प्रमाणपत्र वितरण    दिउँसो १२ः०० बजेदेखि १ः३० बजेसम्म     टुँडिखेल, काठमाडौं    मूल समारोह समिति
३.    सम्माननीय प्रधानमन्त्री तथा विशिष्ट पाहुनाहरू शुभकामना मन्तव्य    दिउँसो १ः३० बजेदेखि ३ः०० बजेसम्म     टुँडिखेल, काठमाडौं    मूल समारोह समिति
४.    राष्ट्रिय चर्चित हास्य तथा गायक कलाकारहरूद्वारा विशेष सांगितिक कार्यक्रम     दिउँसो ३ः०० बजेदेखि १०ः०० बजेसम्म     टुँडिखेल, काठमाडौं    साँस्कृतिक उपसमिति

…………………….
कुमारसिं घिसिङ
सोनाम ल्होछार–२८५९ ह्योअी–तवार ल्होछार मूल समारोह समिति
चुच्चेपाटी, बौद्ध, काठमाडौं ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्