अश्विनीलाई राष्ट्रिय ब्युटी पेजेन्ट तथा फेशन कोरियोग्राफर सम्मान

काठमाडाैं । नेपालकाे मोडलिङ उद्योगमा उल्लेखनीय योगदान पुर्‍याएबापत चौथो एपिक नेपाल म्युजिक अवार्ड समारोहमा फेशन तथा पेजेन्ट कोरियोग्राफर अश्विनीकान्त झालाई सम्मान गरिएको छ ।

मध्यपुरथिमि नगरपालिकाको दुई पोखरीमा आयोजित समारोहमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झालाई बधाईसहित सम्मानपत्र प्रदान गरेका हुन् ।

नेकपा एमाले अध्यक्ष ओलीले झालाई सम्मान पत्र प्रदान गर्दा मानवसेवा आश्रमका संरक्षक तथा ओलीकी धर्मपत्नी राधिका शाक्य, सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा, मध्यपुरथिमि नगरपालिकाका पूर्वमेयर मदनसुन्दर श्रेष्ठ,  वरिष्ठ अभिनेत्री गौरी मल्ल र बसुन्धरा भुसाल पनि उपस्थित थिए ।

‘राष्ट्रिय सौन्दर्य प्रतियोगिता र फेशन कोरियोग्राफर सम्मानले मेरो पोर्टफोलियोलाई सजाएको छ र आगामी दिनमा थप मेहनत गर्ने उर्जा दिएको छ’, झाले आफ्नो मन्तव्यमा भने ।

उनले कला र कलाकारको उत्थानमा देखाएको मायाका लागि आयोजक एपिक नेपाल, सहआयोजक सूर्यविनायक नगरपालिका र मध्यपुरथिमि नगरपालिकालाई धन्यवाद दिए ।

चौथो एपिक नेपाल म्युजिक अवार्डले तीन दशकभन्दा लामो समयदेखि नेपाली चलचित्रमा उत्कृष्ट योगदान पुर्‍याएका महानायक राजेश हमाललाई पनि महानायक सम्मान प्रदान गरेको छ ।

सम्मानित हुनेमा वरिष्ठ रङ्ग पत्रकार प्रकाश सुवेदीलाई वरिष्ठ चलचित्र  पत्रकार सम्मानले सम्मानित गरिएको छ भने गोपीकृष्ण चापागाईलाई युवा पत्रकार सम्मान प्रदान गरिएको छ ।

उक्त अवसरमा गायिका तीर्थकुमारी थापा लाई वरिष्ठ गायिका सम्मान र गायक रत्न बेहोसीलाई वरिष्ठ कलाकार सम्मान, समाजसेवी कृष्णबहादुर होनालाई समाजसेवी सम्मान, नेवा सम्मान हास्यकलाकार सबिन शाख्यलाई प्रदान गरिएको थियो ।

कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, चर्चित कलाकार लक्ष्मी गिरी, गायक यस कुमार, दीपक बज्राचार्य, धिरज राई, यम बराल, रामचन्द्र काफ्ले, गायक जुनु रिजाल लगायतकाे उपस्थिति तथा उनीहरुकाे प्रस्तुति रहेकाे थियाे ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img