बिहान साढे ५ बजे नै विमानस्थल अनुगमनमा निस्के मन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बिहीबार बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् ।

मन्त्री किराती बिहान साढे ५ बजे नै अनुगमनका लागि विमानस्थल पुगेका हुन् ।

सो क्रममा उनले विमानस्थलको अवस्था आंशिक रुपमा सुधार हुँदै गएको पाए । उनले दिनरात खटेर विमानस्थललाई सफा बनाउने मजदुरहरुलाई धन्यवादसमेत दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भनेका छन्, ‘दिनरात चौबिसै घण्टा खटेर देशको अनुहार (एयरपोर्ट) सफा बनाउने मजदुर (ब्युटिसियन)हरुलाई हार्दिक धन्यवाद ! आंशिक सुधार हुँदैछ । आशा गरौं पूर्ण सुधार हुने नै छ । एयरपोर्ट मात्र होइन एकदिन यो देश नै सफा हुनेछ ।’

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्