न्युयोर्कमा मनाइयाे ह्योल्मो समुदायकाे सोनाम ल्होसार

न्युयाेर्क । संयुक्त राज्य अमेरिकाको न्युयोर्क राज्यमा ह्योल्मो समुदायकाे सोनाम ल्होसार-२१५० भव्यताका साथ मनाइएको छ ।

ह्योल्मो सोसाइटी अफ अमेरिकाले शनिबार न्युयोर्कमा आयोजना गरेको सोनाम ल्होसार कार्यक्रममा भिभिन्न संघसंस्थाका प्रतिनिधिहरुकाे उपस्थिति थियाे भने ह्याेल्माे समुदायकाे मौलिक परम्परा तथा सांस्कृतिक नाचगान प्रस्तुत गरिएकाे थियाे ।

दुण्ढुक लामा ह्योल्मोको सभापतित्वमा सम्पन्न कार्यक्रममा संयुक्त राज्य अमेरिकाका कार्यवाहक महावाणिज्य दूत विष्णुप्रसाद गौतम प्रमुख अतिथि थिए ।

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)का अध्यक्ष राजकुमार विष्ट, संयुक्त राज्य अमेरिका न्युयोर्कका लागि नेपालका पर्यटन सद्भावनादूत केशवराम राई, गुरुङ तमू समाजका अध्यक्ष तोरङ गुरुङ, थारुज एण्ड फ्रेन्डस् एसोसिएशन (TFA)का उपाध्यक्ष दिपक चौधरी, उत्तर अमेरिका वालुङ समुदायका अध्यक्ष चुङदल उक्याप, जिरेल एसोसिएशन अमेरिकाकी अध्यक्ष शान्ति जिरेल, शेर्पा संघ अमेरिकाका अध्यक्ष पासाङ दोर्जे शेर्पा, ग्यालसुम्दो सेवा संस्थाकी अध्यक्ष निमा गाेले, संयुक्त किरात राई संगठनका उपाध्यक्ष बसन्ती राईलगायत संस्थाका प्रतिनिधिहरु अतिथि थिए ।

करिब ३०० जना सहभागी सोनाम ल्होसार कार्यक्रममा प्रमुख अतिथि गौतमले साेनाम ल्हाेसार ह्योल्मो समुदायकाे मात्रै नभएर सम्पूर्ण नेपालीको चाड भएकाे बताए ।

उनले ह्योल्मो समुदाय अति नै मिलनसार र अर्काकाे दुःखमा खुला दिलले सहयोग गर्ने खालकाे भएकाे पनि बताए ।

फिप्नाका अध्यक्ष विष्टले जनजातिहरु कुनै पनि जाति विशेषको विरुद्धमा नरहेको बरु नेपाल राज्यले जनजातिहरुमाथि असमान व्यवहार गरिरहेकाेले सबैलाई समान हुनुपर्ने बताए ।

कार्यक्रमका सभापतिसमेत रहेका ह्योल्मो सोसाइटी अफ अमेरिकाका अध्यक्ष दुण्ढुक लामा ह्योल्मोले स्वागत मन्तव्य राखेका थिए भने महासचिव त्सेवाङ टासी लामाले पनि मन्तव्य राखेका थिए ।

कार्यक्रमका सञ्चालक भने घ्यामी ज्याबा ह्योल्मो थिए । साे क्रममा संस्थाप्रति विशेष भूमिकामा रहेर कार्यसम्पादन गर्ने तथा सहयोगी व्यक्तिहरुलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img