६४ वर्षपछि बाहिरिएकाे एउटा गीत (भिडियाेसहित)

काठमाडाैं । दरबार हाइस्कुलका तत्कालीन प्रिन्सिपल तथा संस्कृतिविद् सुवर्ण शाक्यद्वारा रचित नेपाल भाषाको गीत ६४ वर्षपछि रेकर्डसँगै त्यसको भिडियोसमेत निर्माण गरिएकाे छ ।

न्हयु बज्राचार्यको संगीत, निशा देशारको आवाज र गोपाल रसाइलीको संगीत संयोजनमा पाँच महिनाअघि रेकर्ड गीतको म्युजिक भिडियाे म्हम्ह एभेन्ट युट्युब च्यानलबाट हाल ‘प्रिमियर’ गरिएको छ ।

मोतीहर्ष फाउन्डेसनले शनिबार सार्वजनिक गरेको म्युजिक भिडियो सुजन बज्राचार्य ‘खोपे’ले निर्देशन गरेका हुन् ।

निर्देशन फाँटमा आशा लाग्दोगरी उदाएका बज्राचार्यद्वारा निर्देशित नेपाल भाषाको अर्को म्युजिक भिडियो ‘झिं खुदं दत’ चार दिनअघि मात्रै सार्वजनिक भएको थियो ।

किशोरावस्थाका बेला एउटी युवतीभित्रको बालापन, शृंगारपटारप्रति आकर्षण तर आफ्नै जवानीप्रतिको अनभिज्ञता गीतकारले दर्शाउन खोजेका छन् ।

यहीँ ‘कन्सेप्ट’लाई लुभु वेभ स्टुडियोका केबीएस (कृष्णभक्त श्रेष्ठ) लुभुले पटकथामा उतारेका हुन् । जसमा शैलेश श्रेष्ठको छायांकन र सम्पादन कौशल देख्न सकिन्छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्