खोटाङ । खोटाङस्थित केपीलासगढी गाउँपालिकाले आफ्नाे लेटरहेड, प्याड, छाप र कार्यालयको बोर्डमा कोशी प्रदेश उल्लेख नगर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको कार्यपालिका बैठकले कोशी प्रदेश नामकरणविरुद्ध भइरहेको आन्दोलनलाई समर्थन गर्दै आफ्नाे लेटरहेड, प्याड, छाप र कार्यालयको बोर्डमा कोशी प्रदेश उल्लेख नगर्ने निर्णय गरेको हो ।
बैठकको ७ नम्बर निर्णयमा विभिन्न संघसंस्था, राजनीतिक दल तथा स्वतन्त्र नागरिक समाजबाट कोशी प्रदेश नामकरणविरुद्ध आन्दोलन भइरहेको र खोटाङका अन्य स्थानीय तहहरुले समेत आफ्ना लेटरहेड, छाप र बोर्डमा कोशी प्रदेश नलेख्ने निर्णय गरिसकेकाेले अर्को व्यवस्था नभएसम्म कोशी प्रदेश उल्लेख नगर्ने सर्वसम्मत निर्णय गरिएको उल्लेख छ ।