किराती संस्कृतिमाथि राजेन्द्र लिङ्देनको प्रहार

राजेन्द्र लिङ्देन ‘नेपाललाई हिन्दुराज्य घोषणा गर्नुपर्छ’, ‘नेपालमा शाह वंशीय राजा ल्याउनुपर्छ’ भन्ने प्रमुख राजनीतिक एजेन्डा बोक्ने नेता हुन् ।

आफू लिम्बू भए पनि उनले कहिल्यै किराती सभ्यता, संस्कृति, र परम्पराका कुरा गरेको सुनिएको छैन ।

साेमबार भने उनले सामाजिक सञ्जाल फेसबुकमा किरात धर्म र मुन्दुम (मुन्धुम पनि भनिन्छ)को प्रसंग निकाल्दै किराती संस्कृतिविरुद्ध प्रहार गरेका छन् ।

उनले किराती संस्कृतिमा जीवजन्तुको हत्या (बलि) निषेध रहेको बताएका छन् । तर याे झुटाे कुरा हाे ।

किरात मुन्धुम अनुसार लिम्बू जनजातिहरुले गाई–गोरुको बलि चढाउने चलन छ भनेर प्रचार गरिरहेकोमा दुःख व्यक्त गर्दै उनले भनेका छन्, ‘अरुको मुन्धुममा के छ कुन्नि, उनीहरुले जानून् । तर किरात धर्म साम्जिक मुन्धुममा गाई–गोरु त के कुरा, किरा, फट्याङ्ग्रा, कुखुरा, परेवा, हाँस, भेडा, बाख्रा, राँगा, भैसी, वा कुनै पनि जीवजन्तुको हत्या (बलि) निषेध छ ।’

राप्रपाका अध्यक्ष समेत रहेका लिङ्देनले साम्जिक मुन्धुम के हो भन्नेबारे कतै उल्लेख गरेका छैनन्, विगतमा पनि यसबारे बोलेको सुनिएको छैन ।

‘पितृ र प्रकृतिलाई मात्रै पुज्ने’ किरात समुदायमा पछिल्लो समय ‘धर्म’ शब्द छिराएर आ–आफ्नाे स्वार्थ अनुकूलको व्याख्या गर्ने र अलग धार्मिक समुदाय निर्माण गर्ने क्रम बढेको छ ।

केही वर्षअघिसम्म आफूलाई ‘गड एन्जल’, ‘हेवेन्ली पाथ’ तथा ‘किरात धर्मका गुरु’ भनेर चिनाउने उदयपुर घर भएका भक्तकुमार राईले ‘कोदोको जाँड–रक्सी बनाउने र खाने, तीन चुल्हामा कुखुराको भालेको काटेर पितृ पुज्ने किराती संस्कृति नै नभएको’ भन्दै तीन चुल्हा उखेलेर फाल्ने र अलग धार्मिक समुदाय बनाएर केही अनुयायीहरु विस्तार गरेका थिए ।

तर नेपालमा पहिचानको आन्दोलन उठेपछि उनको गतिविधि स्वतः सेलायो । र, उनी झुटको प्रचार गर्ने व्यक्ति हो भन्ने प्रमाणित पनि भइसक्यो ।

ब्राम्हणको जुवाइँ बनेका नेता लिङ्देनले अहिले भक्तकुमारकै शैलीमा मौलिक किरात संस्कृतिलाई छायामा पार्ने गरी अलग धार्मिक समुदायको व्याख्या गरेर जाँड–रक्सीसहितकाे बलि प्रथा किराती संस्कृति नभएको भन्दै भ्रम सिर्जना गरेका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्