सामाजिक सञ्जालमा दुष्प्रचार गर्ने नेपाल सरकारका पूर्वसचिव भीम उपाध्ययले अन्ततः चितवनकी पूर्णिमाया गुरुङसँग माफी मागेका छन् ।
उपाध्ययले केही दिनअघि ‘गोरु खाने धराने’ भन्दै गुरुङकाे फाेटाे फेसबुकमा पाेस्ट गरेका थिए ।
पाँच दिनपछि गुरुङले उपाध्ययविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा साइबर क्राइमकाे उजुरी दिएकी थिइन् । किनभने गुरुङले गाेरुकाे मासु खाएकी थिइनन् ।
उपाध्ययले आइतबार काठमाडाैंमा पीडित गुरुङलाई भेटेर लिखित रुपमै माफी मागेका हुन् भने गुरुङ पनि उजुरी फिर्ता लिन सहमत भएकी छन् ।
हिन्दुराज्यका पक्षधर मानिएका उपाध्ययमाथि सामाजिक सञ्जालमा पुष्टि नहुने गलत चिज प्रचार गरिरहेकाे आराेप पनि लागेकाे छ ।
उनले बिना पुष्टि पूर्णिमाया गुरुङकाे चरित्र हत्या हुने गरी फेसबुकमा फाेटाे पाेस्ट गरेका थिए ।
उनले काठमाडाैंस्थित गुरुङहरुकाे सामाजिक संस्था तमू छोज धि गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय कार्यालयमा पुगेर संस्थाका प्रतिनिधिहरुकाे बिचमा माफी मागेका हुन् ।