केही सहकारीमा समस्या आए पनि त्यसले सिंगो सहकारीको विश्वसनीयतामा प्रश्न

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारीले सुशासन र स्वनियमनमा रहेर सदस्यको आर्थिक स्तर उकास्न भूमिका खेल्नुपर्ने बताएका छन् ।

नेपाल सहकारी पत्रकार समाज (सीजेएन)को १३औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उनले सदस्यको हित अभिवृद्धि गर्नु सहकारीको दायित्व भएको बताए ।

सहरी क्षेत्रमा रहेका केही संस्थाहरुले सहकारीका मूल्य, मान्यता र सिद्धान्त विपरित काम गर्दा समस्या उत्पन्न भएको उनको भनाइ छ ।

संख्यात्मक रुपमा नगन्य संस्था समस्यामा परेको भए पनि त्यसले सिंगो अभियानको विश्वसनीयतामाथि नै प्रश्नचिन्ह खडा गरेको उनले बताए ।

उनले भने, ‘३२ हजार सहकारीमध्ये १, २ प्रतिशत संस्थामा समस्या उत्पन्न भए पनि आम जनमानसमा सहकारी प्रतिको बुझाई र विश्वसनीयतामा गम्भीर विचलन आएको छ ।’

मुलुक संघीय संरचनमा गएसँगै कार्यक्षेत्रको आधारमा सहकारीहरु स्थानीय र प्रदेशमा हस्तान्तरण भए पनि संरचनागत व्यवस्था नहुँदा प्रभावकारी नियमन हुन नसकेको उनले स्वीकारे ।

राज्य, अभियान र सरोकारवाला निकायबीचको सामञ्जस्यबाट अहिलेको समस्यालाई समाधान गर्न सकिने उनको धारणा छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्