साकेला गाउँपालिकाले विद्यालय बन्द गर्ने शिक्षकहरुलाई स्पष्टीकरण सोध्ने

खोटाङकाे साकेला गाउँपालिकाले बिना जानकारी विद्यालय बन्द गर्ने शिक्षकहरुलाई लिखित स्पष्टीकरण सोध्ने भएको छ ।

आइतबार बसेको गाउँ कार्यपालिकाको बैठकले बिना जानकारी विद्यालय बन्द गरेर पठन-पाठन प्रभावित गराउने शिक्षकहरुमाथि लिखित स्पष्टीकरण सोध्ने निर्णय गरेकाे गाउँपालिका सचिवालयले जनाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शिक्षा ऐनको विधेयक संसदमा दर्ता गरेपछि उक्त विधेयकविरुद्ध देशभरका सामुदायिक विद्यालयका शिक्षकहरु आन्दोलित भएका थिए ।

उनीहरु विद्यालय नै बन्द गरेर आन्दोलन गर्न काठमाडौं पुगेका थिए ।

साकेला गाउँपालिकाका विद्यालयहरु पनि गाउँपालिकाकाे जानकारी बिना बन्द गरिएपछि ती शिक्षकहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको हो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्