आन्दोलनरत राहत शिक्षक र सरकारबीच सहमति

सरकार र आन्दोलनरत राहत शिक्षकहरुको बिचमा सहमति भएको छ ।

यसअघि सरकार र नेपाल शिक्षक संघको बिचमा सहमति भए पनि राहतका शिक्षकहरुले विभिन्न माग राखी आन्दोलन जारी राखेका थिए ।

आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको बार्ताबाट सरकार र राहतका शिक्षकहरुको बिचमा सहमति भएको छ ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राई र राज्यमन्त्री प्रमिला कुमारीको उपस्थितिमा भएको वार्तामा नेपाल शिक्षक संघका अध्यक्ष लगायतका पदाधिकारीहरु पनि थिए ।

सहमतिपत्रमा राहतका शिक्षकहरुले उठाएका माग संसदमा दर्ता भएको शिक्षा विधेयकको सैद्धान्तिक छलफलमा प्रवेश गराउने पहल गर्ने र आन्दोलनरत शिक्षकहरुले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु बन्दी गरी विद्यालयको नियमित पठनपाठनमा लाग्ने उल्लेख छ ।

सहमतिपत्र हेर्नुस्ः

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्