साम्प्रदायिक द्वन्द्व मच्चाउन खोज्ने श्रीनिवास आचार्य पक्राउ

समाजमा धार्मिक तथा साम्प्रदायिक हिंसा मच्चाउन खोज्ने श्रीनिवास आचार्य भनिने दिनेश पण्डितलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले आफूलाई हिन्दु धर्मकाे गुरु भनेर चिनाउने गरेका छन् ।

प्रहरीले मंगलबार सुनसरीकाे चक्रघट्टीबाट उनलाई पक्राउ गरेकाे हाे ।

उनले केही दिनअघि गौहत्या गर्नेहरुलाई काट्न सार्वजनिक तहमै आव्हान गरेका थिए । गौहत्या गर्ने जो कोहीलाई हत्या गरेर आए त्यसको आफूले जिम्मा लिने उनले बताएका थिए ।

उक्त भिडियाे सामाजिक सञ्जालमा भाइरल भएकाे थियाे ।

उनी यसअघि २०७६ सालमा पनि आफैंलाई गोली हान्न लगाएकाे आरोपमा पक्राउ परेका थिए । त्यसबेला उनलाई पाखुरामा गाेली लागेकाे थियाे ।

तर उक्त कार्य उनी आफैंले गर्न लगाएकाे प्रहरी अनुसन्धानबाट खुलेकाे थियाे ।

उनले हिन्दु धर्मका गुरुमाथि सांघातिक आक्रमण गरिएकाे निहु झिकेर धार्मिक द्वन्द्व निम्त्याउन खाेजेका थिए ।

यसपटक उनले यस्ताे भाषण गरेका थिएः

हिन्दु राष्ट्र र गौहत्याको आन्दोलनमा दश वर्षदेखि लागिरहेको छु । वैदिक सनातन धर्मावलम्बीहरू जिन्दावाद र मुर्दावाद मात्र भनेर हुँदैन, एकजुट हुनुपर्ने भएको छ । हाम्रो गौमातालाई धरानमा काटिरहेका छन्, भोजपुरमा काटिरहेका छन्, झापामा काटिरहेका छन् । हामी केवल घाममा हिँडेर मात्र गौमाता बाँच्ने छैनन् ।

यदि हामी गुरुहरूले नै हतियार उठाउनुपर्‍याे भने ठिक हुँदैन । हामी अनुरोध गर्छौं, जसले हाम्रो गौमातालाई काट्छ त्यसलाई खुकुरी लिएर गएर काटिदिनुस् । हाम्रो धर्म र शास्त्रले गाई र माई समान रुपले हेर्छ । 

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्