धनकुटामा वैदेशिक रोजगारीबाट फर्केर उद्यम गरिरहेका युवा तथा स्वदेशमै बसोवास गरिरहेका विपन्न युवाहरुले उत्पादन गरेका विभिन्न सामग्री प्रदर्शन गरिएकाे छ ।
शनिबार गरिएको प्रदर्शनीमा कृषिजन्य उत्पादन फलफुल, तरकारी, घिउ, खसीबोका र घरेलु उद्योग अन्तर्गत विभिन्न सामग्री छन् ।
नेपाल विकास अध्ययन संस्थाको सहयोगमा उद्यम गरिरहेका धनकुटा र झापाका करिब २६० बढी उद्यमीकाे सहभागिता रहेको संस्थाका संयोजक महेन्द्रकुमार राईले बताए ।
एकदिने प्रदर्शनी मेला नेपाल विकास अध्ययन संस्थाले धनकुटाकाे टुडिखेलमा आयोजना गरेको हो ।
मेलाले उद्यमीलाई बजारको सहज पहुँच तथा प्रबर्धन गर्न मदत मिलेको संयोजक राईले बताए ।
अन्तराष्ट्रिय आप्रबासी संगठन आइओएमको सहयोगमा धनकुटा नगरपालिकाका २२० र झापाकाे अर्जुनधारा नगरपालिकाका ४४ उद्यमीलाई आर्थिक सहयोग गरेको थियो ।
परियोजना कृषि तथा घरेलु अन्तर्गतका विभिन्न उद्यममा लागेका उद्यमीलाई १ लाख ४० हजारको दरले अनुदान उपलब्ध गराएको थियो ।
हाल तिनै उद्यमीहरुले उत्पादन गरेका सामग्री प्रदर्शनी गरिएको हो ।