राज्यबाट सधैँ वहिष्करण र उत्पीडनमा परेका आदिवासी लगायत समुदायका बिचमा पछिल्लो समय विस्तार भएको केदारमणि आ. दी. (आचार्य दीक्षित) को कविता सामाजिक सञ्जालमा सेयर भइरहेका छन् ।
जसमा नेपालका आदिवासीहरुलाई जङ्गली स्वाँठे, तिघ्रे पाखे भनिएको छ । र, शासकलाई मन्त्रीमण्डल गठन गर्दा तिनलाई कहिल्यै नराख्नू भन्ने सन्देश दिइएको छ ।
आदिवासीहरु सधैँ असभ्य र अशिक्षित रहिरहोस् भन्ने उनको कामना छ ।
केदारमणि आ. दी. सरदार रामणि आचार्य दीक्षितका पहिलो श्रीमति कुमुदिनीदेवी पौडेलबाट जन्मिएका छोरा थिए । प्रस्तुत छ उनकाे कविताः
जङ्गली स्वाँठे तिघ्रे पाखे,
खर्पने डोकेको देश हो नेपाल,
भगवान् राखिदेउ यो यसै गरी ।
यी सभ्य भए हाम्रो सिरिखुरी,
कहाँ जाला ! ?
तिघ्रे र पर्वते स्वाँठे जुन हाम्रा दाजु–भाइ छन्,
त्यहीँ रही बाँचुन, हुन पर्दैन सभ्य ती,
बाहुन क्षेत्रियैबाट मन्त्रिमण्डल जोरनू,
बाहुन क्षेत्रियहरुमा पनि उच्चकोटिको ।।
मन्त्रिमण्डल जोरदा बाहुन क्षत्री जोरनू,
मतवाली कवै नहुल्नू,
अयोग्य मतवाली र पाखंडी नीच निर्दयी ।
पस्यो भने मण्डलमा राज्य उठ्दा गिराउँछ ।।
बाहुन क्षेत्रियैबाट मन्त्रिमण्डल जोरनू ।
त्यस्तै मन्त्री लिई रक्षा गरनू राज्यको सधैं ।।
–भलोकुराको नमुना, प्रकाशक केदारमणि आ. दी., २०१८