किरात याक्थुङ चुम्लुङका पूर्व अध्यक्ष तथा लेखक मञ्जुल कुमार याक्थुम्बाको निधन भएको छ ।
चुम्लुङका अध्यक्ष प्रेम येक्तेनका अनुसार काठमाडौँको हेम्स अस्पतालमा उपचारको क्रममा आज बिहान उनको निधन भएको हो ।
चुम्लुङका सल्लाहकार तथा रत्नशोभा शुभ लक्ष्मी मुन्धुम पुरस्कारका संस्थापक समेत रहेका याक्थुम्बाको निधनले सिंगो लिम्बु समुदायमा अपुरणीय क्षति पुगेको अध्यक्ष येक्तेनले उल्लेख गरेका छन् ।
दिवंगत याक्थुम्बाको आज दिउँसो २ बजे पशुपति क्षेत्रमा अन्त्येष्टि गरिने छ ।