मञ्जुल याक्थुम्बाकाे निधनमा चुम्लुङले चार दिन शोक मनाउने

किरात याक्थुङ चुम्लुङले आफ्ना पूर्वअध्यक्ष मञ्जुल कुमार सिंह थाक्थुम्बाको निधनमा चार दिन शोक बनाउने भएको छ ।

लेखक तथा किरात इतिहासकार समेत रहेका याक्थुम्बाको आइतबार ८८ वर्षको उमेरमा उपचारको क्रममा काठमाडौंको हेम्स अस्पतालमा निधन भएको थियो ।

उनको आइतबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो ।

चुम्लुङले उनको अन्त्येष्टि गरिएको दिन समेत गरेर चार दिनसम्म कुनै औपचारिक कार्यक्रम नगर्ने, चुम्लुङको झन्डा आधा झुकाउने र सोमबार चुम्लुङका सम्पूर्ण कार्यालयहरु बन्द गर्ने निर्णय गरेको महासचिव निरन्ती तुम्बापोद्वारा जारी सूचनामा उल्लेख छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्