भूकम्पबाट घाइते भएकाहरुको यथाशीघ्र उद्धार तथा उपचार गर्न जसपकाे माग

जनता समाजवादी पार्टी नेपालले शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट घाइते भएकाहरुको यथाशीघ्र उद्धार र उपचारकाे व्यवस्था मिलाउन सरकारसँग जोडदार माग गरेको छ ।

जसपा केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवले शनिबार एक प्रेस विज्ञप्ति जारी गरी भूकम्पबाट घाइतेहरुको उद्धार र पीडितहरुलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरेका हुन् ।

उनले भूकम्पबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img