मञ्चले यसअघि सञ्चालन गरेकाे लाेकसेवा तयारी कक्षाका सहभागीहरु ।

किरात राई कर्मचारी मञ्चले आगामी मंसिर १६ गते शनिबारदेखि शाखा अधिकृत वा साे सरहकाे निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।

लोकसेवा तयारी कक्षामा सामेल हुन चाहनेहरुका लागि मञ्चले मंसिर १५ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरेको छ ।

आवेदन दिँदा दर्ता शुल्क बापत १ हजार रुपैयाँ लाग्नेछ । त्यसबाहेक कुनै शुल्क लिइने छैन ।

लोकसेवा तयारी कक्षा काठमाडौंको कोटेश्वरस्थित किरात राई यायोक्खाको सुम्निमा हलमा हरेक दिन बिहान ७ देखि ९ बजेसम्म हुनेछ ।

लोकसेवा तयारी कक्षा कार्यक्रमका संयोजक सदन राईका अनुसार आवेदन दिनेहरु सबैलाई कक्षामा सामेल गरिने छ ।

मञ्चले पछिल्लो केही वर्षयता नियमित रुपमा निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै आएको छ ।