किरात राई कर्मचारी मञ्चले मंसिर १६ देखि निःशुल्क लोकसेवा तयारी कक्षा चलाउने

किरात राई कर्मचारी मञ्चले आगामी मंसिर १६ गते शनिबारदेखि शाखा अधिकृत वा साे सरहकाे निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।

लोकसेवा तयारी कक्षामा सामेल हुन चाहनेहरुका लागि मञ्चले मंसिर १५ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरेको छ ।

आवेदन दिँदा दर्ता शुल्क बापत १ हजार रुपैयाँ लाग्नेछ । त्यसबाहेक कुनै शुल्क लिइने छैन ।

लोकसेवा तयारी कक्षा काठमाडौंको कोटेश्वरस्थित किरात राई यायोक्खाको सुम्निमा हलमा हरेक दिन बिहान ७ देखि ९ बजेसम्म हुनेछ ।

लोकसेवा तयारी कक्षा कार्यक्रमका संयोजक सदन राईका अनुसार आवेदन दिनेहरु सबैलाई कक्षामा सामेल गरिने छ ।

मञ्चले पछिल्लो केही वर्षयता नियमित रुपमा निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै आएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्