सरकारले सामाजिक सद्भाव बिगार्न भूमिका खेलेकाे कारण देखाउँदै गत कात्तिक २७ गते मन्त्रिपरिषद् बैठकबाट नेपालमा टिकटक प्रयाेगमा प्रतिबन्ध लगाएकाे थियाे ।
हाल सरकारकाे उक्त निर्णयकाे पक्ष र विपक्षमा बहस भइरहेकाे छ ।
सरकारले अन्य सामाजिक सञ्जालले कम्युनिटी गाइडलाइन विरुद्धका सामग्री हटाउने गरे पनि टिकटकले रियलटाइमका सामग्री हटाउन नसकेको बरु लाइभ भिडियोहरु रेकर्ड गरी अन्य सामाजिक सञ्जालमा समेत शेयर गर्ने गरेकाले टिकटकको नियमन सम्भव नभई प्रयोगमा नै रोक लगाउनुपरेको स्पष्ट पारेकाे छ ।
राष्ट्रिय सुरक्षा प्रतिकूल केही प्रतिनिधिमूलक घटना
– केही समयअघि सुनसरीको धरानमा गोरु काटेर सामूहिक भोज गरेको भिडियो टिकटकमा पोष्ट भएपछि सामाजिक सद्भाव खल्बलिने घटना भई निषेधाज्ञा लगाउनु परेको ।
– नेपालगञ्जमामा मुस्लिम समुदायको भावनामा ठेस पुग्ने सामग्रीसहितका भिडियो पोष्ट भएपछि सामाजिक सद्भाव खल्बलिन गई निषेधाज्ञासम्मको घटना हुन पुगेको ।
– पछिल्लो समय टिकटक भिडियोका नाममा अश्लील भिडियो सार्वजनिक तथा अनैतिक क्रियाकलापका लागि मोलमोलाई हुने गरेको । त्यसका साथै लाइभमा अश्लील गतिविधि, जुवातास खेलाउने, गैरकानुनी विज्ञापन प्रसारणलगायतका गतिविधि बढिरहेको ।
– टिकटक लाइभ स्ट्रिमिङ गरी उपहार प्राप्त गर्न अनैतिक, अमर्यादित र असामाजिक गतिविधि बढ्दै गएको ।
– विभिन्न स्थान र विभिन्न मितिमा टिकटक भिडियो बनाउने क्रममा लडेर मृत्यु भएको । साथै केहीको पासो लगाएर टिकटक भिडियो बनाउने क्रममा झुण्डिएर मृत्युसमेत भएको ।
– भाइरल हुने नाममा परीक्षार्थीले परीक्षा काेठाभित्रको भिडियो समेत टिकटकबाट सार्वजनिक गरेको ।
यी र यस्ता घटनाबाट अनैतिक र असामाजिक क्रियालापबाट वृद्धि हुँदै गएको ।
यी देशमा टिकटक प्रतिबन्ध
टिकटक नेपाल बाहेक विश्वका २७ देशमा प्रतिबन्ध छ । टिकटक सुरुवात भएकाे देश चीनमा समेत यसकाे नियन्त्रित प्रयाेग छ ।
कीर्गिस्तानः बालबालिकाहरूमा कुलत र मानसिक स्वास्थ बिग्रेको कारण देखाउँदै प्रतिबन्ध लगाएको ।
बेलायतः सुरक्षाका कारण देखाउँदै प्रतिबन्ध लगाएको ।
अमेरिकाः सुरक्षाका कारण देखाउँदै सरकारी प्रणालीमा आवद्वता र सरकारी अधिकारीका लागि प्रयोगमा प्रतिबन्ध ।
न्यूजिल्यान्डः साइबर सुरक्षाको जोखिम देखाउँदै सरकारी प्रणालीमा आवद्वता र सरकारी अधिकारीका लागि प्रयोगमा प्रतिबन्ध ।
क्यानडाः गोपनीयता र सुरक्षा जोखिम देखाउँदै सरकारी अधिकारीहरुका लागि प्रयोगमा प्रतिबन्ध ।
ताइवानः राष्ट्रिय सुरक्षा जोखिम देखाउँदै प्रतिबन्ध ।
बेल्जियमः गोपनीयता, साइबर सेक्युरिटी र गलत सूचना प्रवाह हुने जोखिम देखाउँदै प्रतिबन्ध ।
डेनमार्कः साइबर सुरक्षा जोखिमका कारण सरकारी प्रणाली, निकायमा प्रयोग प्रतिबन्ध ।
पाकिस्तानः जातीय तथा धार्मिक द्वन्द्व फैलाउने सुरक्षा जोखिम देखाउँदै प्रतिबन्ध ।
अफगानिस्तानः युवामा नकरात्मकता विकास हुने र जातीय धार्मिक द्वन्द्व फैलने जोखिम र इस्लामिक कानून विपरीत देखाउँदै प्रतिबन्ध ।
भारतः गोपनीयता, सुरक्षा जोखिम लगायत चिनियाँ अन्य एप प्रयोगमा प्रतिबन्ध ।
सोमालियाः गलत अफवाह फैलाउने जोखिम देखाउँदै सीमित कन्टेन्ट पोस्ट बाहेक अन्य प्रतिबन्ध ।
अर्मेनियाः विगत ३५ वर्षदेखि चलिरहेको नागोर्नो कारबाख युद्वलाई सहयोग पुग्ने र राष्ट्रिय सुरक्षा जोखिम देखाउँदै प्रतिबन्ध ।
अजरवैजानः नागोर्नो कारबाख युद्वलाई सहयोग पुग्ने र राष्ट्रिय सुरक्षा जोखिम देखाउँदै प्रतिबन्ध ।
बंगलादेशः पोर्नोग्राफी, जुवाखेल र सुरक्षाको जोखिम देखाउँदै प्रतिबन्ध ।
इन्डोनेसियाः धार्मिक द्वेष उत्पन्न हुन सक्ने खतरा र पोर्नोग्राफीको जोखिम देखाउँदै प्रतिबन्ध ।
इरानः धार्मिक कारण देखाउँदै प्रतिबन्ध ।
जोर्डनः प्रोटेस्टरलाई सहयोग पुग्ने र सुरक्षामा खतराको जोखिम देखाउँदै अस्थायी रुपमा प्रतिबन्ध ।
अष्ट्रियाः अष्ट्रियाको इन्टिलेजेन्स सर्विसको प्रतिवेदनमा सुरक्षा जोखिम देखाउँदै प्रतिबन्ध ।
इस्टोनियाः राष्ट्रिय सुरक्षा जोखिम देखाउँदै प्रतिबन्ध ।
फ्रान्सः डेटा सुरक्षाको जोखिम देखाउँदै प्रतिबन्ध ।
आयरल्यान्डः साइबर सुरक्षा जोखिम देखाउँदै प्रतिबन्ध ।
लाटभियाः सुरक्षा जोखिम देखाउँदै प्रतिबन्ध ।
माल्टाः साइबर सुरक्षा जोखिम देखाउँदै सरकारी प्रणालीमा प्रयोग पूर्ण प्रतिबन्ध ।
नेदरल्यान्डः डाटा प्रोटेक्सन जोखिमका कारण सरकारी कर्मचारीले प्रयोगमा प्रतिबन्ध ।
नर्वेः राष्ट्रिय सुरक्षा अथोरिटीको प्रतिवेदन अनुसार प्रम, मन्त्री, सचिव, राजनीतिक सल्लाहकारहरूले प्रयोगमा प्रतिबन्ध ।
अष्ट्रेलियाः सुरक्षा जोखिमका कारण सरकारी अधिकारी, मन्त्री,सल्लाहकारले सरकारी डिभाइस र मोबाइलमा प्रयोगमा प्रतिबन्ध ।
नेपालः सामाजिक सद्भाव बिगार्ने काम गरेकाले प्रतिबन्ध ।
हा कती हास्नु इनिहरुको आत्नक कारी देश हरुको कुरा सुनेर अफ्गानिस्तान फगानिस्तानः युवामा नकरात्मकता विकास हुने र जातीय धार्मिक द्वन्द्व फैलने जोखिम रे ???हा हाआ हा पाकिस्तानः जातीय तथा धार्मिक द्वन्द्व फैलाउने सुरक्षा जोखिम देखाउँदै प्रतिबन्ध हा हाआ ,भारतः गोपनीयता, सुरक्षा जोखिम लगायत चिनियाँ अन्य एप प्रयोगमा प्रतिबन्ध अमेरिकि गुलाम भारत ,अर्को हेरौ सोमालियाः गलत अफवाह फैलाउने जोखिम देखाउँदै ससार्कैइ गरिव देश को नाटक .अर्मेनियाः विगत ३५ वर्षदेखि चलिरहेको नागोर्नो कारबाख युद्वलाई सहयोग पुग्ने र राष्ट्रिय सुरक्षा जोखिम देखाउँदै प्रतिबन्ध ।अजरवैजानः नागोर्नो कारबाख युद्वलाई सहयोग पुग्ने र राष्ट्रिय सुरक्षा जोखिम देखाउँदै प्रतिबन्ध ।
बंगलादेशः पोर्नोग्राफी, जुवाखेल र सुरक्षाको जोखिम देखाउँदै प्रतिबन्ध ।
इन्डोनेसियाः धार्मिक द्वेष उत्पन्न हुन सक्ने खतरा र पोर्नोग्राफीको जोखिम देखाउँदै प्रतिबन्ध ।
इरानः धार्मिक कारण देखाउँदै प्रतिबन्ध हा हा कस्तो जोकस पढ्न पाइयो गाथे । नेपाल म कसैले एस्तो राम्रो जोकस पढेको सुनेक थिएन गाथे । अब नेपाल को के कुरा भारतीय दलाल नेता हरु त परे उनिहरुकै ईशारामा बन्द गरेको हो ।
मुल कारण तिकतक छिमेकी राष्ट्र मित्र राष्ट्र चाइना को हो तेसैले अन्य अन्ती देश हरु अमेरिका क्यनदा बेलायत आदी देश हरुले बन्द गर्न लगाएको हो । अब फेस बुक इन्स्तता यू तुबे पनि बन्द गर्नु परो त गाथे द्वोन्द हुने खतरा भने त तेरी मा ल्यादाए नेता हरु । खाउ मेरो गेदा