राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाकाे अश्लील टिकटक बनाउने घिमिरे पक्राउ

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको अश्लील टिकटक भिडियो बनाउने झापास्थित मेचीनगर नगरपालिका- ६ बर्मेली टोलका ३८ वर्षीय विकास भनिने सोमप्रसाद घिमिरेलाई प्रहरीले पक्राउ गरेकाे छ ।

प्रहरीले घिमिरेलाई घरबाटै गत साउन ७ गते पक्राउ गरी साइबर मुद्दाका लागि काठमाडौँ पठाएकाे इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएकाे छ ।

घिमिरेले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाकाे अश्लील टिकटक भिडियाे बनाएर सामाजिक सञ्जालमा पाेस्ट गरेका थिए ।

उनी विरुद्ध मानहानी र साइबर क्राइमअन्तर्गत उजुरी परेको थियो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्