नेपाल आदिवासी जनजाति पत्रकार महासंघ [फोनिज] ले पत्रकार प्रेम देवानमाथि आक्रमण गर्नेहरुलाई तत्काल कारबाही गर्न माग गरेको छ ।

फोनिज महासचिव मिलन लिम्बुले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी फोनिज प्रदेश नं १ समितिका कोषाध्यक्ष समेत रहेका देवानमाथि आक्रमण गर्नेहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका हुन् ।

पत्रकार देवान ओवि मिडियाका समाचार संयोजक हुन् ।

उनलाई बिहीबार विराटनगरमा रिर्पोटिङको क्रममा आन्दोलनरत केही व्यक्तिले आक्रमण गरेका थिए ।
उनलाई प्रहरीले जाेगाएकाे हाे ।

फोनिजले समाचार लेखेकै कारण पत्रकार देवानमाथि आक्रमण गरिएको घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिकै आक्रमण रहेको ठहर गरेकाे छ ।

विज्ञप्तिमा भनिएको छ, ‘फोनिज यस घटनाको घोर निन्दा गर्दै सत्यतथ्य छानबिन गरी आक्रमणमा संलग्नलाई तत्काल पक्राउ गरेर कारबाही गर्न जोडदार माग गर्दछ ।’

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here