जानकी मेडिकल कलेज एण्ड हस्पिटल [जेएमसी] ले स्वास्थ्य सेवाको सशक्तिकरण गर्नका लागि कन्टिन्युअस मेडिकल एजुकेशन (सीएमई) कार्यक्रम सम्पन्न गरेको छ ।
जेनेरल प्राक्टिस एण्ड इमेर्जेन्सी मेडिसिन एसोसिएशन अफ नेपाल [जीपीईम्यान] को सहकार्यमा गत १५ डिसेम्बरमा जनकपुरमा कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा डा. रमेश आचार्य थिए भने चिकित्सा व्यवसायी, विद्यार्थी र स्थानीय समुदायका प्रतिनिधिहरु सहभागी थिए ।
कार्यक्रममा चितवन मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्साल र बीपीका सहप्राध्यापक डा. फनेन्द्र प्रसाद गुप्ता लगायतले सामान्य अभ्यास र आकस्मिक चिकित्साका विषयमा विभिन्न प्रस्तुती दिएका थिए ।
जेएमसीका निर्देशक डा. धर्मदत्त सुवेदीको दूरदर्शी नेतृत्वमा प्रिन्सिपल जयनारायण शाह र अध्यक्ष ओमप्रसाद पाण्डेसँगै स्वास्थ्य सेवा पेशेवरहरुको अर्को पुस्तालाई प्रोत्साहन गर्न प्रतिबद्धता गरिएको छ ।
सिएमई कार्यक्रमले विद्यार्थीहरुलाई नेपालभर पहुँचयोग्य र उच्च गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन जीपीईएमएएनको महत्वपूर्ण भूमिका रहेको प्रष्ट पारिएको छ ।
कार्यक्रममा जेएमसीका उपप्राचार्य डा. रामनारायण मण्डल, जीपीईम्यानका सचिव विश्वराज दवाडी, डा. भोलाराम श्रेष्ठ, डा. मुक्तनाथ भट्टराई, डा. सुमना बज्राचार्य, डा. आशिष श्रेष्ठ लगायत व्यक्तित्वहरुको सहभागिता थियो ।