स्वदेशमा उत्पादित वस्तुको प्रयोग बढाऔँः मन्त्री गुरुङ

शहरी विकासमन्त्री सीता गुरुङले स्वदेशमै उत्पादित वस्तुहरुको प्रयोग बढाउनुपर्ने बताएकी छन् ।

शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नवौं नेपाल वुड अन्तर्राष्ट्रिय एक्स्पोको उद्घाटन गर्दै मन्त्री गुरुङले नेपालमा हुने विकास निर्माणका कार्यमा स्वदेशमै उत्पादित वस्तुहरुको प्रयोग बढाउनुपर्ने बताइन् ।

उनले नेपालमै अन्तर्राष्ट्रिय मापदण्डअनुसारको विभिन्न काष्ठसम्बन्धी सामग्रीहरुको उत्पादन बढीरहेको र नेपालमै काष्ठसम्बन्धी उद्योगहरु बढाउनुपर्ने बताइन् ।

काष्ठसम्बन्धी उद्योग र यस्ता मेलाहरुलाई सहुलियत दिइरहेको पनि उनले बताइन् ।

उनले नेपालमा काष्ठसम्बन्धी बनेका सामग्रीहरुको प्रचार नेपालमा हुन नसकेकाले आगामी दिनमा यसको प्रचार बढाउँदै लैजानुपर्नेमा जाेड दिइन् ।

‘हामीले चाहने हो भने असम्भव केही छैन भन्ने कुरा यहाँबाट प्रमाणित हुन्छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसारको डिजाइन, तयारी गर्न सकिन्छ भन्नेकुरा देखिन्छ । इण्डस्ट्रीहरु नेपालमा पनि खडा गर्नुपर्छ भन्नेकुराको राज्यले गर्नुपर्ने सहयोग गरिरहेको छ । तर पनि प्रभावकारी भने भइसकेको अवस्था होइन । आगामी दिनको लागि यस्ता इण्डस्ट्रीहरुलाई केही सहुलियत, सुविधा दिनुपर्छ भने पनि पहिलो चरणमा दिनुपर्छ,’ उनले भनिन्, ‘पूर्वाधार विकासको काममा स्वदेशमै उत्पादित वस्तुहरुको प्रयोग बढाउनुपर्छ । निर्णय पनि गरेका छौँ । तर अहिले नै प्रचारमा पनि र सूचनामा पनि नजिक पुग्न सकिएको छैन । नेपालमै उत्पादन भएको वस्तुको विश्वसनियतामा आम मानिसमा पुर्याउन सकेका छैनौँ । अन्तर्राष्ट्रिय सामग्री नै बढी खोज्ने कुराले यहाँका उत्पादित वस्तुमा बढी बजार र पहिचान पाउन सकेको छैन । भवन निर्माण गर्दा सकेसम्म नेपालमै उत्पादित वस्तु सामग्रीहरुको प्रयोग गर्नुपर्ने नीति बनाएका छौं ।’

मन्त्री गुरुङले नेपाली बजारमा अन्तर्राष्ट्रिय सामग्री नै बढी खोज्ने कुराले स्वदेशमा उत्पादित वस्तुमा बढी बजार र पहिचान पाउन नसकेको बताइन् ।

मेला तीन दिनसम्म सञ्चालन हुनेछ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्