किराती भेषभुषा बाजागाजा र गीतहरुकाे गलत प्रयोग राेक्न आग्रह

किरात राई सांस्कृतिक कलाकार संघले किराती भेषभुषा र बाजागाजाहरुको गलत प्रयोग भएको भन्दै गम्भीर ध्यानाकर्षण गरेको छ ।

संघले बिहीबार [४ जनवरी] काठमाडौंमा पत्रकार सम्मेलन गरी किरातीहरुको मौलिक तथा सांस्कृतिक भेषभुषा, बाजागाजा, फेटा र साकेला गीतहरुको गलत ढंगले प्रयोग गरिएको भन्दै त्यसमा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको हो ।

संघका अध्यक्ष शालिक शातासक राईद्वारा जारी विज्ञप्तिमा किरातीहरुको जीवनशैली देखाउने मुन्दुम दर्शन, किराती मौलिक बाजाहरु, फेटा, वाबुक–स्योलुमा आदि वस्तुहरुको सांस्कृतिक महत्वबारे प्रष्ट पार्दै सात बुँदे धारणा उल्लेख गरिएको छ ।

जसको अन्तिम बुँदामा भनिएको छ, ‘यस्ता सांस्कृतिक विचलन कार्यहरुबाट किरात राई समुदायको मुन्दुमी धार्मिक आस्था, विश्वास, भावना, मूल्य–मान्यताप्रति आघात पुग्न गएकोले निन्दनीय छन्, र अबिलम्ब यस्ता गतिविधि रोकियोस् भनी सबैमा अपिल गर्दछौं ।’

केही समय अघि पहिचानविरोधी छबि बनाएको नेकपा एमालेले लिम्बु समुदायकाे पवित्र सांस्कृतिक वस्तु सिलाम साक्माको राजनीतिक अभियानमा प्रयोग गरेपछि किरात याक्थुङ चुम्लुङले सोको विरोध गरेको थियो ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img