३४ जना अधिकृतहरुलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरिएको छ ।

बढुवा सिफारिस समितिले ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनकाे आधारमा नेपाल प्रशासन सेवाका सामान्य प्रशासन समूह र लेखा समूहका ३४ जना अधिकृतहरुलाई राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव)मा बढुवा गर्न सिफारिस गरेकाे हाे ।

बढुवाका लागि सिफारिस गरिएका अधिकृतहरुमा एकजना पनि आदिवासी समुदायका छैनन् ।

३५ प्रतिशत जनसंख्या भएको आदिवासी समुदायकाे प्रशासनिक क्षेत्रमा कस्तो समावेशिता छ भन्ने यसबाट अनुमान गर्न सकिन्छ ।