पेट्रोल, डिजेल तथा खाना पकाउने ग्यासको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यासको मूल्य बढाएको छ ।

निगमले बुधबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल/मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढाएको हो ।

निगमका अनुसार खुद्रा बिक्री मूल्यमा पेट्रोल प्रतिलिटर ४ रुपैयाँ र डिजेल/मट्टितेलमा २ रुपैयाँ बढाइएको छ ।

यस्तै, खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर १५ रुपैयाँले बढेको निगमले जनाएको छ ।

नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १७० रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर १५८ रुपैयाँ कायम भएको छ ।

निगमले खाना पकाउने एलपी ग्यासको मूल्य १५ रुपैयाँले बढाएर एक हजार ९१० रुपैयाँ कायम गरेको छ ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेसन लिमिटेबाट जनवरी ३१ मा प्राप्त मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर ४.५३ रुपैयाँ, डिजेल/मट्टितेलमा प्रतिलिटर २.३२ रुपैयाँले बढेर आएको छ । यस्तै, खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर १५.७८ रुपैयाँले बढेर आएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्