सुरु भयाे साेनाम ल्हाेसार

तामाङ समुदायकाे सांस्कृतिक चाड सोनाम ल्होसार (नयाँ वर्ष) २८६० सुरु भएको छ ।

हरेक वर्ष सोनाम ल्होसार मञ्जुश्री पात्रो अनुसार माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म तामाङ समुदायले घर, गुम्बा र सार्वजनिक स्थानमा विभिन्न पूजा–प्रार्थना, पारिवारिक भेटघाट र सांस्कृतिक कार्यक्रमसहित मनाउने गरेका छन् ।

राष्ट्रिय सोनाम ल्होसार २८६० डुक (मुपुख्री) ल्होसार मूल समारोह समितिले सार्वजनिक रूपमा बिहीबार, शुक्रबार र शनिबार तीनदिने सांस्कृतिक गतिविधिसहित मनाउने निर्णय गरेको छ ।

सोही अनुसार बिहीबार समुदायका गुरु, मान्यजन लामा, बोम्बो, ताम्बाले विधिपूर्वक पूजा–प्रार्थनापछि सुरु भएको हो ।

ल्होसारलाई तामाङ जातिले काठमाडौँको टुँडिखेलमा र शेर्पा, भोटे लगायतका समुदायले चुच्चे पार्टीको हायत चौरमा उत्सव सहित पर्व मनाउने भएको छ ।

ल्होसार मूल समारोह समिति संयोजक कुमार सिं घिसिङले यस सांस्कृतिक पर्वलाई व्यवस्थित रूपमा मनाउन आर्थिक व्यवस्थापन, प्रचारप्रसार, मञ्च सजावट, स्वास्थ्य सेवा, सांस्कृतिक र्‍याली व्यवस्थापन, खेलकुद तथा युवा परिचालन समिति गठन गरिएको जानकारी दिए ।

सोनाम ल्होसार पर्वका अवसरमा आयोजित तीनदिने कार्यक्रम अन्तर्गत धर्मालम्बीहरुको सांस्कृतिक संस्थाहरू (ताम्बा, बोन्बो तथा लामा) गुरुहरूद्वारा विशेष पूजा, सांस्कृतिक झाँकी प्रदर्शन, परम्परागत गीत, नृत्य (दोहोरी, नृत्य, डम्फू सेलो, मानेदोरा तथा म्हेन्दोमाया) भाकाको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img