उदयपुरकाे जिप दुर्घटनामा ८ जनाकाे मृत्यु, ओभरलोड मुख्य कारण

धरानबाट भोजपुरकाे घोरेटार जाँदै गरेको को१ज २५९३ नम्बरको जिप बिहीबार बिहान १०ः३० बजेतिर उदयपुरको बेलका-७ मैनामैनीमा भयानक दुर्घटनामा पर्याे ।

जिप सडकबाट अन्दाजी ४०० मिटर तल खसेको थियो ।

उक्त दुर्घटनामा सात जनाकाे घटनास्थलमै र एक जनाकाे उपचारकाे क्रममा मृत्यु भएकाे छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) सुदीपराज पाठकका अनुसार मृतक सबैको सनाखत भएको छ ।

मृत्यु हुनेमा इटहरी-९ का चालक ४० वर्षीय मानबहादुर बस्नेत, भोजपुरको हतुवागढी गाउँपालिका-२ का ७० वर्षीया पर्वतमाया राई, सोही वडाका २३ वर्षीय चन्द्रप्रकाश राई, ६ महिनाकी बालिका बिसाङ चाम्लिङ राई, हतुवागढी-५ की ३२ वर्षीया राजकुमारी राई, हतुवागढी-९ का ६८ वर्षीय पदमबहादुर थापा, ४५ वर्षीया कमला अधिकारी र हतुवागढी-५ का ४२ वर्षीय किशन राई छन् ।

किशन राईकाे उपचारकाे क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएकाे हाे ।

दुर्घटनामा परी गम्भीर घाइते भएकालाई उद्धार गरी धरान लगिएकाे थियाे ।

इलाका प्रहरी कार्यालय घोरेटारबाट सातजना र हसनपुरबाट पाँच जना गरी १२ जना प्रहरीको टोलीलाई तत्काल घटनास्थलमा पठाएर उद्धारको व्यवस्था मिलाइएको प्रहरी प्रमुख डिएसपी पाठकले जानकारी दिए ।

घाइतेको पनि विवरण लिने काम भइरहेको प्रहरीले जनाएको छ ।

जिपमा क्षमताभन्दा बढी यात्रु सवार रहेको देखिएकाले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्