भ्रष्टाचार सूचकाङ्कमा नेपाल १०७ औं देश

भ्रष्टाचार सूचकाङ्कमा नेपाल १०७औं स्थानमा परेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापनी सूचकाङ्क (सीपीआई)- २०२४ अनुसार नेपाल १०७औं स्थानमा परेकाे हाे ।

यसअघि नेपाल १०८औं स्थानमा थियो ।

प्रतिवेदनअनुसार, विश्वमा सबैभन्दा बढी भ्रष्टाचार हुने देश साउथ सुडान बनेकाे छ । कुल १०० अंकमा साउथ सुडानले केवल ८ अंक प्राप्त गरेको छ ।

ट्रान्सपरेन्सीका अनुसार सूचकाङ्कमा १०० अंकले अति स्वच्छ र शून्य अंकले अति भ्रष्ट भन्ने जनाउँछ ।

नेपालले यस पटक १०० मा ३४ अंक प्राप्त गरेको छ । अघिल्लो वर्ष भने १०० मा ३५ अंक प्राप्त गरेको थियो ।

यस हिसाबले नेपालमा भ्रष्टाचार बढ्दै गएको देखिन्छ । सर्भेक्षण १८० देशको गरिएको थियो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्