किरात बायुङ राई सुम्निखिमकाे झापा जिल्ला समिति गठन

किरात बायुङ राई सुम्निखिमकाे झापा जिल्ला समिति गठन गरिएको छ ।

शनिबार एक भेलाको आयोजना गरी कृष्ण बायुङ सेचोचा राईको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।

संस्थाका केन्द्रीय अध्यक्ष ज्ञान राई बायुङ सेचोचा, सुनसरी जिल्ला समितिका उपाध्यक्ष आइती राई बायुङ रिनाम्साचा, सुनसरी जिल्लाको इटहरी–तरहरा कार्यसमितिका अध्यक्ष शुक्र राई बायुङ रिनाम्साचा, सचिव फागु राई बायुङ रिनाम्साचा र स्थानीय ज्येष्ठ नागरिक रामसिंह बायुङ राईको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

झापा जिल्ला समिति गठनका लागि संस्थाका केन्द्रीय सदस्य जीवन बायुङ राईले संयोजन गरेका थिए ।

नवगठित कार्यसमितिः

अध्यक्षः कृष्ण बायुङ सेचोचा राई
उपाध्यक्षः गोपाल बायुङ रेन्दुचा राई
उपाध्यक्षः गुणराज बायुङ राई
सचिवः ओमप्रकाश बायुङ राई
सहसचिवः विजय बायुङ रिनाम्साचा राई
कोषाध्यक्षः दिपा बायुङ राई
सहकोषाध्यक्षः मिना बायुङ राई
सदस्यः पृथलाल बायुङ राई
सदस्यः दिलबहादुर बायुङ राई
सदस्यः खेमराज बायुङ राई
सदस्यः शेरबहादुर बायुङ राई
सदस्यः विजय बायुङ सेचोचा राई
सदस्यः प्रेमबहादुर बायुङ राई
सदस्यः मिरा बायुङ राई
सदस्यः राजेश बायुङ राई
सदस्यः मन्जिल बायुङ राई
सदस्यः सुकु बायुङ राई
सदस्यः कल्पना बायुङ राई
सदस्यः दिलमाया बायुङ राई ।
सल्लाहकारः रामसिंह बायुङ सेचोचा राई ।

सो अवसरमा वक्ताहरूले आफूहरू आदिमकालदेखि नै बायुङ राई रहेको र बायुङ राईबाट छुट्टिएर सूचीकरणमा गएका बायुङहरूलाई संस्थामा एकताबद्ध हुन आग्रह गरेका थिए ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img