डा. प्रतिक जोशी विगत छ वर्षदेखि लन्डनमा बस्दै आएका थिए। भारतमा बसिरहेकी आफ्नी पत्नी र तीन साना छोराछोरीका लागि विदेशमा राम्रो भविष्य बनाउने सपना उनले धेरै अघिदेखि देखेका थिए।
वर्षौंको योजना, कागजी प्रक्रिया र धैर्यपछि, त्यो सपना बल्ल पूरा हुन लागेको थियो।
दुई दिनअघि मात्रै उनकी पत्नी, डा. कोमी व्यास, जो आफैं पनि एक चिकित्सक हुन्, भारतस्थित आफ्नो जागिरबाट राजीनामा दिइसकेकी थिइन्। झोला-व्याग प्याक भइसकेका थिए, विदाईका शब्दहरू बोली सकिएको थियो, भविष्यले निम्तो दिइरहेको थियो।
बिहीबार बिहान, उनीहरू पाँचैजना उत्साह, आशा र योजना भरिएर एयर इन्डिया फ्लाइट १७१ चढे, लन्डनको यात्रामा। एक नयाँ जीवन सुरु गर्ने एकतरफा यात्रा। जहाज चढ्नुअघि सेल्फी खिचे, आफन्तहरूलाई पठाए।
तर उनीहरू कहिल्यै त्यहाँ पुगेनन्। जहाज दुर्घटनाग्रस्त भयो। कसैको पनि ज्यान जोगिएन।
केही क्षणमै, जीवनभरका सपना खरानीमा परिणत भए। एक क्रूर यथार्थ—जीवन कति डर लाग्दो गरी नाजुक हुन्छ। जुन कुरा तपाईंले निर्माण गर्नुभएको हुन्छ, जसको लागि तपाईंले आशा गर्नुभएको हुन्छ, जुन तपाईंले माया गर्नुभएको हुन्छ—सबै एक झिनो डोरिले बाँधिएको हुन्छ।
त्यसैले, जबसम्म सकिन्छ—बाँच्नुहोस्, माया गर्नुहोस्, अनि खुशी पर्खेर बस्नुहोस् भन्ने भ्रम नगर्नुहोस्। खुशी आजै सुरु गर्नुहोस्।
(स्राेत सामाजिक सञ्जाल)
