पाँचथरस्थित हेवाखोलाकाे फलामे पुल (माेडुलर ब्रिज) शनिबार बेलुकी अचानक भाँचिएकाे छ ।

जसबाट ६ जना मजदुर घाइते भएका छन् ।

राजेन्द्र महतो नेतृत्वकाे पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता सन्तोष मेहेताले भर्खरै उक्त पुल भत्किएको जानकारी सामाजिक सञ्जालबाट गराए ।

मेहेतासहितकाे टाेली मुक्कुमलुङ (पाथीभरा) मा वृक्षारोपणका लागि ताप्लेजुङ जाँदै थिए ।

सो क्रममा उनीहरू मेची राजमार्गमा पर्ने उक्त पुल पुग्नु केही मिनेट अघि अचानक भाँचिएकाे थियाे ।

७० मिटर लामाे उक्ट पुल निर्माणकै क्रममा रहेकाे थियाे । पुल साढे ३ कराेड रूपैयाँमा बन्दै थियाे ।

उक्त पुल भारतकाे सहयाेगमा निर्माण भइरहेकाे थियाे । साे स्थानकाे पक्की पुल गत वर्ष बाढीले बगाएकाे थियाे ।