तस्बिरमा देखिएको खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिका वडा नं. ५ मार्सेखेतमा जान थालेको पहिरो हो ।

वडा नं. ५ रातमाटेबासीहरूका लागि हलेसी बजार जाने छोटो बाटो निर्माण गर्न गत वर्ष नगरपालिकाको ५ लाख रुपैयाँले रातमाटेदेखि मार्सेखेत हुँदै भञ्ज्याङसम्म नयाँ सडक ट्र्याक खोलिएको थियो ।

सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष गिरिराज राईका अनुसार रातमाटे, मार्सेखेत हुँदै भञ्ज्याङसम्म १ हजार ६२० मिटर नयाँ ट्र्याक खोलियाे ।

तर, हाल गत असार ३ र ४ गतेको वर्षापछि मार्सेखेतमा पहिरो जान थालेको छ ।

रातमाटेबासीको मुख्य बजार हलेसी नै हो । उनीहरूले हलेसी बजारबाटै दैनिक उपभोग्य वस्तुहरू ल्याउने गरेका छन् ।