खोटाङमा नछुङ संरक्षण समिति र मुन्दुम केन्द्र गठन

खोटाङ जिल्लामा नछुङ (धामी) हरूको समिति निर्माण गरिएको छ।

शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सोल्मास्थित शुभम् फाउन्डेशनमा आयोजित भेलाले नछुङ धनीराम राईको अध्यक्षतामा ११ सदस्यीय नछुङ संरक्षण समिति खोटाङ गठन गरेको हो।

समितिको उपाध्यक्षमा नछुङ सुखराज राई, सचिवमा नछुङ तेजबहादुर राई, सह–सचिवमा नछुङ खड्गमाया यामसुहाङ राई र कोषाध्यक्षमा नछुङ प्रस्तुती राई छन्।

सदस्यहरूमा नछुङ मिक्सन राई, नछुङ कुमार राई, नछुङ भिमबहादुर राई, नछुङ जितबहादुर राई, नछुङ सदरमान राई र नछुङ सञ्जिव राई छन्।

भेलाले तिलक साम्पाङ किरातीको अध्यक्षतामा सात सदस्यीय किरात सभ्यता, संस्कृति तथा मुन्दुम संरक्षण केन्द्र खोटाङ पनि गठन गरेको छ।

किरात सांस्कृतिक पुनर्जागरण अभियानबाट किरात सभ्यताको जग पुनःस्थापना गर्ने उद्देश्यसहित केन्द्र स्थापना गरिएको हो।

जसको उपाध्यक्षमा डारविन चाम्लिङ राई, सचिवमा उपिद चाम्लिङ राई, कोषाध्यक्षमा सुमन राई, सदस्यहरूमा दिपेन्द्र राई, कृष्णकुमार राई र सागर राई रहेका छन्।

मुन्दुम र नछुङहरूको संरक्षण गर्दै नयाँ पुस्तामा मुन्दुमी ज्ञान हस्तान्तरण गरी किरात सांस्कृतिक पुनर्जागरण अभियान चलाउनका लागि नछुङ र मुन्दुम संरक्षण पक्षधरहरूको संगठन निर्माण गरिएको बताइएको छ।

भेला माङ्पा संरक्षण समितिका केन्द्रीय अध्यक्ष ढकबहादुर राईको अध्यक्षतामा भएको थियो।

जसमा किरात राई यायोक्खा खोटाङ जिल्ला समितिका अध्यक्ष युगसन राई प्रमुख अतिथि, किरात सेवा समाज खोटाङका महासचिव बालचन्द्र राई र किरात साम्पाङ राई जुम्लेखा खोटाङका अध्यक्ष प्रताप राई विशेष अतिथि थिए।

सो अवसरमा नछुङ (माङ्पा, धामी, बिजुवा)हरूलाई नछुङ परिचयपत्र पनि वितरण गरिएको थियो।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img